२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको सङ्कल्पपत्र भोलि सार्वजनिक गरिने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्पपत्र भोलि कात्तिक ७ गते सार्वजनिक गर्ने भएको छ ।

यसअघि सङ्कल्पपत्र आइतबार साँझ सार्वजनिक गरिने भनिए पनि काठमाडौँ उपत्यकाबाहिर रहनुभएका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आउन ढिलाइ हुने भएपछि भोलि बिहान १०ः३० का लागि सो कार्यक्रम तय गरिएको पार्टी कार्यालयले जनएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सङ्कल्पपत्र एक कार्यक्रमबीच सार्वजनिक गर्नुहुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।