२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपावलीमा अजय र अक्षयबीच भिडन्त हुँदै



अ+ अ-

एजेन्सी । दीपावली पर्व जहिले पनि ठूला चलचित्र रिलिज हुने भएकाले मनोरञ्जन प्रेमीहरूका लागि विशेष रहन्छ । यस वर्ष पनि ‘राम सेतु’ र ‘थ्याङ्क गड’ जस्ता फिल्महरू अक्टोबर २५ अर्थात आजदेखि रिलिज भएका छन् ।

चाडपर्वको सिजनमा यी चलचित्रले कति फाइदा लिन्छन्, त्यो हेर्नैपर्ने हुन्छ ।

दुई ठूला स्टारका दुई ठूला फिल्म ‘राम सेतु’ र ‘थ्याङ्क गड’ दीपावलीमा रिलिज हुन लागेको कोरोना अवधिपछि पछिल्लो दुई वर्षमा यो पहिलो पटक हो । दुवै ठूला स्टारका फिल्म हुन् जसको बक्स अफिसमा टक्कर हेर्न पक्कै पनि रोचक हुनेछ ।

यसअघि १२ वर्षअघि सन् २०१० मा एक्शन रिप्ले र गोलमाल ३ सँगै रिलिज हुँदा उनीहरुको फिल्मबीच टक्कर भएको थियो ।

गोलमाल ३ ले ६१ करोड कमाएको थियो भने एक्सन रिप्लेले मात्र ४६ करोड कमाएको थियो ।

२०२१ मा, अक्षय कुमारको सूर्यवंशी मात्र थिएटरहरूमा रिलिज भयो, जबकि दोस्रो फिल्म मीनाक्षी सुन्दरेश्वर ओटीटीमा आयो ।

यसअघि २०२० मा कोरोनाका कारण सबै थिएटर बन्द भएकाले फिल्म रिलिज भएनन् । अघिल्लो दीपावली जस्तै यो दीपावली पनि बलिउडका लागि लक्की सावित हुने हो कि हेर्नु पर्नेछ ।