२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गुरपालक किसानलाई बजारको अभाव



फाईल फोटो
अ+ अ-

कञ्चनपुर । कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन गरी बङ्गुरपालन गर्दै आउनुभएकी कलावती भट्टले कोरोना सङ्क्रमण घटेसँगै बङ्गुरको बिक्रीमा कमी आएको बताउनुभयो । रु तीन करोड लगानी गरी फार्ममा उहाँले चार सयवटा बङ्गुरपालन गर्नुभएको छ ।

“वर्षमा झण्डै रु ५० लाख बढीका बङ्गुर बिक्री हुन्थे”, उहाँले भन्नुभयो, “गएको चैतसम्म रु तीन लाख मूल्यका बङ्गुर बेचेका थियौँ, त्यसपछि बङ्गुर बिक्री हुन पाएका छैनन्, दसँै, तिहारलगायतका चाडपर्वमा बङ्गुरको माग अधिक हुने गर्दथ्यो, यस वर्ष माग नै आएन ।”

उहाँका अनुसार बङ्गुरका पाठापाठीको माग सुदूरपश्चिमका नौ जिल्लाबाटै आउने गरेको थियो । मासुका लागि बङ्गुर काठमाडौँसम्म लैजाने गरिन्थ्योे । यस वर्ष बङ्गुरको कुनै ठाउँबाट माग नै नआएपछि फार्ममै बङ्गुर थन्किएका छन् । बङ्गुरलाई चारोमात्रै खुवाउन हप्तामै रु एक लाख जति खर्च भइरहेको उहाँले गुनासो गर्नुभयो । उहाँको फार्ममा ल्याडे«स, डयुरोक, योकसायर, हेमप्पसायर, पाख्रिवासलगायत उन्नत जातका बङ्गुर छन् ।

बङ्गुरका प्रतिपाठापाठी रु पाँच हजार र मासु थोकमा रु तीन सय प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । “कोरोनाको सङ्क्रमण बढेसँगै विदेश गएका युवाहरू घर फर्के”, बङ्गुरपालक गगनराज भट्टले भन्नुभयो, “बङ्गुरपालनमा लागे, पाठापाठीको त्यसबेला निकै माग थियो, त्यसमै लागे, मासु दानमा कोही लागेनन्, पाल्ने अधिक भएपछि पाठापाठीको उत्पादन अधिक भयो, मागभन्दा उत्पादन बढी भएपछि बिक्री हुन पाएन ।”

तीन वर्षदेखि बङ्गुर फार्म सञ्चालन गर्दै आएका जोनापुरका दीपक चौधरीले पनि बङ्गुर बिक्री गर्न पाउनुभएको छैन । वैदेशिक रोजगारीबाट फर्केपछि उहाँले रु नौ लाख लगानी गरी बङ्गुर फार्म सञ्चालन गर्नुभएको हो । फार्ममा ४५ बङ्गुर छन् । “बङ्गुरका पाठापाठीसहित छवटा बङ्गुर बिक्रीका लागि तयारी अवस्थामा छन्”, उहाँले भन्नुभयो, “चारो, औषधि र रेखदेखमा निकै खर्च भइरहेको छ, खरिदकर्ता नआउँदा निराश छौँ ।”

“बङ्गुर फार्म सञ्चालन गरी अरुले आम्दानी गरेको देखेपछि नेपाली सेनाबाट सेवानिवृत्त भएपछि बङ्गुरपालन व्यवसायमा हात हाल्यौँ”, फूलराम चौधरीले भन्नुभयो, “निकै रकम खर्च गरेर फार्म दर्ता गरी सञ्चालन गरेका छौँ, फार्ममा दर्जन बढी बङ्गुरपालेका छौँ, बङ्गुर बिक्रीका लागि तयार भएको ६ महिना भइसकेको छ, खरिदकर्ता अझै पुगेका छैनन्, बजार चहार्दै हिँडे पनि खरिदकर्ता पाएका छैनौँ, लगानी डुब्ने चिन्ताले सताउन थालेको छ ।”