२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्योः प्रधानमन्त्री देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताउनुभएको छ ।

ललितपुरको मङ्गलबजारमा नेपाल भाषा मंका खल यलद्वारा शुक्रबार आयोजित कार्यक्रममा शोक मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो । नेपाल र चीनको सांस्कृतिक सम्बन्ध स्थापित गर्न जोशीले खेलेको भूमिका महत्वपूर्ण छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशी जस्तो विद्वान व्यक्तित्व संसारमा विरलै मात्रै जन्मिने बताउनुभयो । “उहाँको बहुगुण सम्पन्न व्यक्तित्व, विज्ञता र देशको साहित्य र संस्कृति उजागर गर्न पु¥याउनुभएको योगदान अतुलनीय र अविस्मरणीय छ ।” मन्त्री श्रेष्ठले भन्नुभयो । “देशको अभिभावक तथा जीवित इतिहास गुमाएको महसुस भएको छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको निधनले एसियाकै महत्वपूर्ण व्यक्ति गुमाउनुपरेको औँल्याउनुभयो । “उहाँले ज्यादै नै अर्थपूर्ण जीवन बाँच्नुभयो । उहाँ ९८ वर्ष हुँदा हामीले ललितपुर महानगरपालिकाबाट निणर्य गराएर सवारी साधन, सुरक्षा र मोबाइल फोनको सुविधा उपलब्ध गराएका थियौँ । नगरप्रमुख महर्जनले भन्नुभयो, “उहाँ जीवितै छँदा सेवा गर्ने अवसर पाएकोमा हर्ष विभोर भएको छु ।”

सत्यमोहन जोशीका माहिला छोरा अनुराज जोशीले आफ्नो बुवा शताब्दी पुरुषको सम्मानमा तीन किसिमका मुद्रा र हुलाक टिकट प्रकाशन गरेर राज्यले विशिष्ट सम्मान गरेको बताउनुभयो । “नागरिकको नाममा जीवितै छँदा मुद्रा र हुलाक टिकट निस्कनु, मृत्युु भएपछि सम्मानमा सार्वजनिक बिदा घोषणा गर्नु ठूलो कुरा हो । हामी राज्य प्रति कृतज्ञता ज्ञापन गर्छौँ”, जोशीले भन्नुभयो ।

नेपाल भाषा मंका खलः यलका अध्यक्ष हिराकाजी महर्जनले सत्यमोहन जोशीको राष्ट्रिय व्यक्तित्वलाई अजरअमर बनाइ राख्ने उद्देश्यले सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार स्थापना गरिएको जानकारी गराउनुभयो । भाषा साहित्यको विकासमा सहयोग पु¥याउनका लागि हाल रु ५१ हजार राशिको पुरस्कार कोष स्थापना गरिएको महर्जनले बताउनुसभयो ।