२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले गरेको प्रतिबद्धता पूरा हुन्छ: मन्त्री कार्की



अ+ अ-

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताउनुभएको छ ।

सुनसरीको कोसी गाउँपालिका–५ मा आज लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कांग्रेसका उमेदवार विजयी भएपछि पार्टीले आफ्नो घोषणापत्रमा नेपाली जनतासमक्ष गरेको सबै प्रतिबद्धता पूरा हुने बताउनुभयो ।

तीन वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार खर्च राज्यले बेहोर्ने, ७३ वर्षभन्दा माथिका जुनसुकै बिरामी भए पनि त्यसको खर्च राज्यले गर्ने, ६५ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई वृद्धभत्ता दिनेलगायत कांग्रेसले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने भएकाले कांग्रेससहित लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मन्त्री कार्कीले आग्रह गर्नुभयो ।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नं ४ का उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले यस क्षेत्रमा रहेका विद्यालय र मदरसालाई ‘स्मार्ट स्कुल’का रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसका लागि आवश्यक बजेटसमेत विनयोजन गरिसकेको जानकारी दिनुभयो । “मोबाइल नेटवर्कको समस्या सधैँका लागि अन्त्य गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छु”, उहाँले भन्नुभयो ।

कोसी गाउँपालिका–५ को सिँचाइ समस्या समाधान गर्न गलफरिया सिँचाइ आयोजनाको काम अघि बढेको सो अवसरमा मन्त्री कार्कीले जानकारी दिनुभयो । नेपालमा जलस्रोत, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेकाले यसको विकास गरेर देशलाई १० वर्षभित्र दक्षिण एशियाको धनी देश बनाउन सकिने उहाँको भनाइ थियो । विदेश गइरहेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने उहाँले बताउनुभयो ।




भर्खरै