२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा सुत्केरी हुन नसकेर २० वर्षीया सुत्केरीको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–५ काँखे गाउँकी २० वर्षीया रङ्गिता शाहीको सुत्केरी हुन नसकेर मृत्यु भएको छ । स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेपछि उहाँको गाउँमै मृत्यु भएको हो ।

स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको आफन्त बलबहादुर शाहीले गुनासो गर्नुभयो । गाउँबाट स्वास्थ्य संस्थासम्म पुर्याउन नसक्दा मृत्यु भएको बलबहादुरको भनाइ छ ।

गत असोजमा पनि चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको  मृत्यु भयो ।

हुम्लामा यातायातको समस्या छ । हवाई यातायातको विकल्प छैन तर जहाजको टिकट पाउन मुस्किल हुने गर्छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिफ्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उहाँको सुविधा सम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो ।




भर्खरै