२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र जनताको हकहीतको सुरक्षाको लागि गठबन्धन: नेता बजगाईं(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाईंले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको भन्दै नेताहरुले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता बजगाईंले दलका प्रतिनिधित्वहरुले काम गर्न सकेनन् भन्ने जन जनआवाज उठिरहेको र अबको गठबन्धन सरकारले नै जनआवाजलाई चिर्ने काम गर्ने बताउनु भयो । नेता बजगाईंले पार्टीका कार्यकर्तालाई एकले अर्को पार्टीको चुनाव चिन्हमा कसरी मतदान गर्ने भन्ने संशय पैदा भइरहेकाले ठूला नेताहरुले नै एकअर्कालाई स्वीकारेपछि ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले यो गठबन्धन आगामी दिनमा पनि लामो समयसम्म टिक्ने दाबी गर्दै गठबन्धनका उम्मेदवारहरुलाई धेरै भन्दा धेरै मत दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले नेपालमा गठबन्धनका नेताहरुबाट नै विकासका कार्यक्रमहरुले गति लिने दाबी गर्नुभयो । उहाँले गोरखाको विकासका लागि आफू सदैव प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा राजनीति दलप्रति वितृष्णा र दलका प्रतिनिधित्वहरुले काम गर्न सकेनन् भन्ने जन जनआवाज उठिरहेको छ, त्यसलाई हामीले नै चिर्न सक्छौँ । लार्केलाई विशेष रुपले हेर्नुपर्नेछ । यहाँ प्रतिष्ठाको कुरा आयो, कसरी हामी हसियाहतौडामा मत हाल्ने, कसरी रुखमा मत हाल्ने रु हामीले यसअघि पनि एकअर्कालाई मत हालिसकेकाले यसलाई अफ्ठ्यारो नमानिकन भोट हाल्नुहोस् । भोलिको दिनमा हामी निर्वाचित भइसकेपछि यो गठबन्धन धेरै वर्ष टिक्नेछ । गोरखाको विकासका लागि म सदैव लागिपर्नेछु । नेपालमा अब गठबन्धनका नेताहरुबाट नै विकासका कार्यक्रमहरु तय हुनेछन् । संविधानको रक्षाका लागि हामी सदैव लागि पर्नेछौँ ।’

नेता बजगाईंले गठबन्धनले नै संविधान र जनताको हकहीतको सुरक्षा गर्ने बताउनु भयो ।




भर्खरै