२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाखेले विदेशी फिल्मलाई पछार्छः अनुपविक्रम साही(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र लाखेको प्रिमियर शो भएको छ ।

बुधवार काठमाडौंका एक सिनेमा हलमा प्रिमियर देखाइएको हो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता अनुपविक्रम साहीले नेपालीहरुले मन लगाएर लाखे हेर्ने हो भने विदेशी चलचित्रलाई पछार्ने दाबी गर्नुभयो ।

उहाँले चलचित्र एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री वर्षा राउतले चलचित्र सोचेको भन्दा पनि राम्रो रहेको बताउनु भयो । उहाँले चलचित्रले दर्शकको मन जित्नेमा आफू आशावादी रहेको बताउनु भयो ।

चलचित्रमा अनुपविक्रम साही, वर्षा राउत,सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सन्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकार लगायतको अभिनय रहेको छ ।

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दीपक बज्रचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ । चलचित्र शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनमा आउँदैछ ।