२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रमा १५ र प्रदेशमा ५ मन्त्रालय राख्न संसदीय विशेष समितिको सुझाव(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय सरकारमा १५ र प्रदेशमा ५ मन्त्रालय राख्न सुझाव दिएको छ ।

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाको संयोजकत्वको समितिले बुधबार बुझाएको प्रतिवेदनमा केन्द्रमा १५ र प्रदेशमा ५ मन्त्रालय राख्न सुझाव दिएको हो ।

प्रतिवेदनमा प्रदेश मन्त्रालय र मन्त्रीको संख्या बढ्दा प्रशासनिक खर्चमा भएको वृद्धि लगायतका कारण आम जनतामा संघीयताप्रतिको विश्वासमा कमी आएको र व्यवस्थाप्रति नै नकारात्मक धारणा प्रवाह भएकाले मन्त्रालयको संख्या घटाउन सुझाव दिइएको छ ।

मन्त्रिपरिषद्को आकार सानो बनाउनका लागि आवश्यक संविधान संशोधन गर्न पनि समितिले सुझाव दिएको छ । संविधानअनुसार धेरै जिम्मेवारी प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएकाले संघीय सरकारमा पनि मन्त्रालय संख्या घटाउन समितिले सुझाव दिएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/11/विशेष-समितिका-सिफारिस.pdf”]