८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोषणापत्रका प्रतिबद्धता पूरा गर्छौँः पूर्वमन्त्री गुरुङ



अ+ अ-

तनहुँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा बिहीबार आयोजित घरदैलो अभियानका क्रममा पूर्वमन्त्री गुरुङले एमालेले सार्वजनिक गरेका घोषणापत्र कार्यान्वयन हुने बताए ।

तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले एमालेले जे बोल्छ त्यो गर्ने दाबी गर्दै सार्वजनिक गरिएको २० ग्यारेण्टीसहितको घोषणापत्र कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे । “मङ्सिर ४ गते हुने निर्वाचनपछि अध्यक्ष केपी ओली नेतृत्वमा बहुमतको सरकार बन्छ, एमाले नेतृत्वमा देश विकासले सार्थक रुप लिन्छ”, गुरुङले भने ।

देश विकासको सङ्कल्प बोकेर एमाले चुनावी अभियानमा होमिएको भन्दै गुरुङले सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गरेरै छाड्ने दाबी गरे । तनहुँ क्षेत्र नं २ मा एमालेले सुरु गरेको विकास अभियानलाई निरन्तरता दिन आफू उम्मेदवार बनेको गुरुङले प्रष्ट पारे । “सडक, खानेपानी, बाटोका काम अगाडि बढेका छन्, यसलाई निरन्तरता दिनु छ, एमालेको विकास अभियानका कारण जनताको आकर्षण बढेको छ”, उहाँले भने ।

प्रदेशसभा (२) का उम्मेदवार केदार सिग्देलले राष्ट्रियताको सवालमा एमाले दृढ रहेको भन्दै विकास निर्माणका लागि आफूहरू सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन आयोगले आजदेखि कोणसभा, जुलुस, ¥याली गर्न अनुमति दिएसँगै राजनीतिक दल तथा उम्मेदवार त्यसको तयारीमा जुटेका छन् ।

तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । मतदाताले उम्मेदवारसँग देशमै रोजगारी व्यवस्था, सडक स्तरोन्नति, खानेपानी व्यवस्था, समयमै मलको व्यवस्थापन हुनुपर्नेलगायतका माग राख्दै आएका छन् ।