२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला: अध्यक्ष दाहाल



file
अ+ अ-

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताउनुभएको छ ।

गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताउनुभयो । “मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता गठबन्धनलाई जनताले चिन्नुपर्छ ।”

आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न उहाँले अपिल गर्नुभयो । “अहिलेको निर्वाचन अन्य निर्वाचन जस्तो सामान्य छैन”, उहाँले भन्नुभयो, “गणतन्त्र र संविधान स्वीकार गर्ने तथा गणतन्त्र र संविधान विरोधीको लडाइँ छिनोफानो गर्ने निर्वाचन हो ।” संविधान निर्माणपछि देश स्थायित्वमा जान्छ भन्ने ठानेर केही गणतन्त्र विरोधीलेले संविधानविरुद्ध गतिविधि गरेपछि वाम–लोकतान्त्रिक गठबन्धन बनेको अध्यक्ष दाहालको भनाइ थियो ।