२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लौरो’ अभियानको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । मंसिर ४ मा हुने आसन्न निर्वाचनका लागि ‘लौरो’ अभियानमा रहेकाहरूको हाम्रो नेपाली पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धतापत्रमा अभियानले अबको विकास दीर्घकालीन निकाशसहित दीर्घकालीन मास्टरप्लान बनाइ १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अघि बढ्ने जनाएको छ ।

यस्तै, सात वटै प्रदेशमा ७ चक्र निर्माण गरी हिमाल, पहाड र तराईलाई जोडेर ७ वटा चक्रपथ तथा अध्यात्मिक मार्ग मनाउने, ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको अवधारणासहित हरेक सरह र गाउँलाई एक स्वर्गको बगैँचा बनाउने उल्लेख गरेका छन् ।

अभियानले कैलाश पर्वतदेखि स्वर्गद्धारीसम्म जाने बाटो, स्वार्गद्धारीदेखि सगरमाथासम्म स्वर्गको बाटे र सगरमाथादेखि कञ्चनगंगासम्म स्वर्गपछिको बाटोमा केबलकार घोडा र पदमार्ग बनाउने उद्घोष गरेको छ । नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गरी विश्वबजारमा उत्कृष्ट पहिचान बनाउने घोषणा गरेका छन् ।

सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ का उम्मेदवारहरु संगठितरूपमै मंसिर ४ को चुनावी मैदानमा होमिएका छन् ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/11/lauro-ghosana_compressed-Copy.pdf” title=”lauro ghosana_compressed – Copy”]