२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली फेसबुक खोलेर चरित्रहत्या गर्ने पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ ।

सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ । उनलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए ।

उनले नक्कली फेसबुक बनाई पीडित र अन्य अपरिचित महिलाको अश्लील तस्बिर र शब्द लेखेर पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ ।

फेक आइडीको म्यासेन्जरबाट थापाले पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा म्यासेज पठाएर बदनाम गरी चरित्र हत्या पनि गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।