२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘लाखे’ को टिमद्वारा लाखे नाच प्रश्तुत–तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘लाखे’ को टिमले काठमाडौंमा लाखे नाच प्रश्तुत गरेको छ ।

सोमवार काठमाडौंको गोंगबुस्थित बिजी मल अगाडि लाखे नृत्य प्रश्तुत गरेको हो । कार्यक्रममा अभिनेता सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । चलचित्रको प्रचारका लागि चलचित्र निर्माण टिमले मुखुण्डो लगाएर चलचित्रको प््रचारका लागि प्रयोग गरेको हो ।

कार्यक्रममा बोल्दै अभिनेता सौगात मल्लले नेपाली चलचित्र लाखेलाई सबै नेपालीहरुले हेर्नुपर्ने चलचित्र रहेको बताउनु भयो । त्यस्तै अभिनेता प्रशान्त ताम्राकार र आर्यन अधिकारीले पनि नेपालीहरुले नेपाली चलचित्रलाई माया गरेर हलमा पुगी चलचित्र हेर्नेमा आशावादी रहेको बताउनु भयो । चलचित्रमा सौगात मल्ल, अनुपविक्रम साही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ ।

सुजन प्रजापतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ । सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् ।

निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । चलचित्र टिमले गत शुक्रवारबाट देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्रको प्रचारप्रसार गरिरहेको छ । चलचित्रको प्रचारप्रसारका लागि नै चलचित्र निर्माण टिमले विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

गत शुक्रवारबाट प्रदर्शनमा आएपनि चलचित्रले उल्लेख्य सफलता भने हासिल गर्न सकेको छैन । कार्तिक १२ गते प्रदर्शनमा आएको चलचित्र महापुरुष हेर्ने दर्शकहरु दोस्रो सातामा पनि बढीरहँदा लाखेले भने सोचेअनुसारको दर्शकहरु पाउनसकेको छैन ।