२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.१५ अङ्कले उकालो लागेर ५१८.७९ मा पुगेको छ । नेप्सेमा दोहोरो अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छैन । कूल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ बराबरको कारोबार भयो । 

कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ १६.२८, व्यापार ८.०५, होटल तथा पर्यटन ३४.८४, विकास बैंक २२.८२, जलविद्युत् ७२.३९, वित्त २७.२४, निर्जीवन बीमा ३९.०२, उत्पादन ६६.२८, अन्य २९.२१, लघुवित्त १२.२७, जीवन बीमा १९.१९, सामूहिक लगानी कोष ०.०४ र लगानी १.१ अङ्कले उकालो लागेको छ । 

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५० अर्ब ४७ करोड ४४ लाख ८२ हजार ३०१ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २६ करोड ५० लाख १३ हजार ५६० बराबरको कारोबार भयो । यस्तै जीवन विकास लघुवित्त रु २६ करोड तीन लाख २३ हजार ८४५, अरुण भ्याली हाइड्रोपावर रु १० करोड १८ लाख २२ हजार ७६२, अपि पावर कम्पनी रु नौ करोड ५० लाख ४७ हजार र नेशनल हाइड्रोपावर रु आठ करोड ५६ लाख ७३ हजार ४४० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । 

युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । गुराँस लघुवित्त ९.६५, नेपाल हाइड्रो डेभलपर्स ७.१९, बुद्धभूमि नेपाल हाइड्रोपावर ६.७२ र साहस ऊर्जाका लगानीकर्ताले ६.१२ प्रतिशतले कमाए । 

यस्तै नवील बैंकको ऋणपत्र १.९५, कालिका लघुवित्त वित्तीय संस्था १.८६, गरिमा विकास लघुवित्त १.५६, कर्पोरेट डेभलपमेन्ट बैंक १.४९ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.२८ प्रतिशतले गुमाए ।