२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको आरोप लागेका श्रीलंकन क्रिकेटर दानुष्का निलम्बित



अ+ अ-

कोलम्बो । बलात्कार आरोप लागेका क्रिकेटर दानुष्का गुणातिलकेलाई श्रीलंकन क्रिकेट बोर्डले निलम्बन गरेको छ । आइतबार टी-२० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका गुणातिलकेलाई अस्ट्रेलियन प्रहरीले उनी बसिरहेको होटलबाट पक्राउ गरेको थियो ।

२९ वर्षीया महिलाले उनीमाथि बिना सहमति यौनसम्पर्क गरेको आरोप लगाएकी छन् । ती महिलाले गुणातिलकेलाई डेटिङ एपमार्फत भेटेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार बलात्कारको घटना यस हप्ताको सुरुमा सिड्नीको एक निवासमा भएको थियो । राति होटलबाट पक्राउ परेका उनलाई आज अदालतमा पेश गरिने छ ।

श्रीलंकाको टोलीको टी–२० विश्वकप यात्रा छनोटअन्तर्गत सुपर–१२ सम्म रह्यो । श्रीलंकाले समुह लिगमा ५ खेलमध्ये २ खेल जित्यो भने ३ खेलमा हार ब्यहोर्यो । चोटका कारण जारी विश्वकपको पहिलो चरणबाटै टिमबाहिर रहेका गुणातिलके स्वदेश भने फर्किएका थिएनन्।

श्रीलंकन बोर्डले आफूले पनि छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने जनाएको छ ।