२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी



file
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गर्नुभएको छ ।

सोमवार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैलेपनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूच्ना, चरित्र हत्या लगायतका दुष्परिणामयुक्त शब्दहरुको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गर्नुभएको हो ।

उहाँले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्नेकुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरुपी सुन्दर तलाउमा अध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन जस्ता शब्दहरु भन्नलाई आयोगले नरोकेको उल्लेख गर्दै यी कुराहरु भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न सचेत गराउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले नो नट अगेनबारे विज्ञप्ती जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई बिथोल्ने असामाजिक किसिमका कुनैपनि कुराहरु राख्न नहुनेतर्फ मात्रै आम नागरिकहरुको ध्यानाकर्षण गराएको बताउनु भयो । उहाँले सामाजिक सञ्जालको प्रयोग सधैँ सकारात्मक कुरामा मात्रै प्रयोग हुनु जरुरी रहेको पनि बताउनु भयो । उहाँले अध्यारो कोठामा बसेर निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकहरुलाई उम्मेदवारहरुको सही सूचना दिन अग्रसर हुन सुझाव दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘लोकतन्त्र, निर्वाचन र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्र हत्या गर्नेकुरा, मिथ्या सूचना दिनेकुरा, दुष्प्रचार गर्नेकुरा र घृणास्पद अभिव्यक्ति दिनेकुरा जोड्न हुँदैन, मिलाउनु हुँदैन । हामी विभिन्न जातजाति, क्षेत्र, सम्प्रदाय, उमेर समूहका छाँै । निर्वाचनको विषय जोडेर यी विषयसँग सम्बन्धित कुराहरुलाई राखेर, कसैलाई कुनैपनि किसिमले लाञ्छित गर्न पाइँदैन । गालीगलौज गर्न पाइँदैन हामीले भनेका हौँ । अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौँ । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस् भनेको मात्रै हो ।

यो सुन्दर सागरमा दुष्प्रचार, मिथ्या सूचना र चरित्र हत्या गर्ने किसिमका पहरे नबिसाइदिनुहोस् भनेको मात्रै हो, त्यसकारण यहाँले भनेजस्तै भाषामा सिधै भन्ने हो भने यहाँहरुले मजाले नो नट अगेन भन्न पाउनुहुन्छ, नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर सभ्य भाषामा भन्नुपर्छ । मित्रवत भाषामा भन्नुपर्छ । समाजले पचाउने भाषामा भन्नुपर्छ । सामाजिक सञ्जाल भनेर असामाजिक किसिमका कुनैपनि कुराहरु त्यहाँ राखिदिनु हुँदैन भनेका हौँ ।

आयोगले जुन विषयमा इस्यू उठाएको हो, त्यो विषय भनेको त्यहाँ लेखिएको कुरा तपाईहरुले हेर्दा, आँखा थुन्नुपर्छ । हेर्नै सक्नुहुन्न । छरपस्टै छ । त्यो कसैले पढ्यो भने कसैले सुन्छ कि भनेर कान थुन्नुपर्छ र जसले लेखेर हालिरहेको छ, उसले त्यस्तै कुरा आफ्नो पक्षमा कसैले गर्दियो भने के भन्छ भनेर सोच्दा त्यो कल्पना गर्न पनि सकिँदैन । त्यस्ता विषय नराखिदिनुहोस् । यस्तो कुरा कहिल्यै पनि राख्नु हुँदैन, अहिले उम्मेदवारहरु घरदैलोका क्रममा हुनुहुन्छ, तपाईलाई त्यो उम्मेदवार मन पर्दैन भने घरबस्तीमै गएर जनतालाई सिकाइदिनुस्, किन अध्यारो कोठामा बसेर ढुंगा हान्ने प्रयास गर्नुहुन्छ, उज्यालोमा नै जानुहोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले पछिल्लो समय निर्वाचन आयोगले आचारसंहीता कडाई गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजबाट निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहीत रुपमा सम्पन्न गर्न कलाकारहरुको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै कलाकारहरुलाई निर्वाचनसम्बन्धी सूचनाहरु प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो । प्रमुख आयुक्त थपलियाले कलाकारहरुले आचारसंहीताको उल्लंघन नगर्ने कुरामा आयोग विश्वस्त रहेको पनि बताउनु भयो । उहाँले लोकतन्त्रलाई जोगाउने आन्दोलनमा पुनः एकपटक निर्वाचन अभियानको सडकमा कलाकारलाई देख्न पाउने आशामा आयोग रहेको स्पष्ट पार्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘अहिले कतै कतै भनिने गरेको छ, निर्वाचन आयोग अलि कडा भएर हो की, निर्वाचनको माहोल नै बनेन, तर आजदेखि हामी तपाईहरुको साथमा छौँ । साँच्चै नै अब निर्वाचनको एउटा माहोल बन्नेछ । आचारसंहीता भन्ने विषय कलाकारहरुका लागि कुनै नौलो विषय होइन, किनभने तपाईहरु कुनैपनि कुरा उल्लंघन गर्न नै चाहनुहुन्न । नैतिकता र इमान्दारितालाई अलिकति कमजोर ठान्नेहरुका लागि यो कडा हतियार हुनसक्छ । तर तपाईहरु सधैँ इमान्दारिता नैतिकता, आफ्नो पेशागत धर्मलाई लिएर हिँड्ने कलाकारहरुबाट हामी यो अपेक्षा त गर्दैनौँ, यदी कहीँ कतै भइहाल्छ भने त्यसमा पनि शतर्क रहिदनुहुन आग्रह छ ।

कलाकारहरुको निर्वाचन अभियानमा हुने संलग्नता ऐतिहासिक हुनेछ । लोकतन्त्रलाई जोगाउने आन्दोलनमा पुनः एकपटक निर्वाचन अभियानको सडकमा कलाकारलाई देख्न चाहन्छौँ । यो निर्वाचनले निर्वाचन कस्तो हुनुपर्छ भन्ने मानक स्थापित गरोस् भन्ने देखाउनका लागि लाग्नुहुनेछ भन्ने आशा लिएको छु ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई उदाहरणीय बनाउनका लागि कलाकारहरुले आयोगका सूचनाहरु नागरिकसमक्षा प्रवाह गर्नेकुरामा सहयोगको ठूलो अपेक्षा राखेको बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा वृद्धवृद्धा, रोगी, शारीरिक अशक्तता भएका व्यक्तिहरुको सहजताका लागि पनि उचित व्यवस्था मिलाएको बताउनु भयो ।




भर्खरै