२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलाइतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति



अ+ अ-

बेइजिङ । बेलाइतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् ।

बेलाइतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै बेइजिङले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका छन् ।

बेलाइत सरकारले मन्त्री ग्रेग दुईदिने भ्रमणको क्रममा ताइवान पुगेका तथा राष्ट्रपति साई इङ–वेनलाई भेटेका बताएको थियो । बेलाइत र ताइवानबीचको २५औँ वार्षिक व्यापार वार्ताका सिलसिलामा उनी ताइपेइ पुगेका थिए ।

ताइवानले हालसम्म १४ राष्ट्रसँगमात्र औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छ । बेइजिङको आग्रहमा संयुक्त राष्ट्रसङ्घ र अन्य प्रमुख बहुराष्ट्रिय समूहको सदस्य बन्नबाट ताइपेइ वञ्चित भएको छ । यद्यपि बेइजिङको निन्दा र धम्कीका बाबजुद ताइवानको लोकतन्त्र फस्टाउँदै गएको छ भने उच्च प्रविधियुक्त अर्थतन्त्रसहित एसिया–प्रशान्त क्षेत्रमा रणनीतिक उपस्थितिले बाह्य जगत्बाट उसले बलियो समर्थन प्राप्त गरेको छ ।

केही समयअघि अमेरिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गरेपछि चीन–अमेरिका विवाद चरमचुलीमा पुगेको थियोभने चीनले ताइवान नजिक क्षेप्यास्त्र प्रक्षेपणसहितको सैन्यअभ्यास गरेर ताइवानलाई दबाउनसक्ने आफ्नो सामथ्र्य प्रस्तुत गरेको थियो ।