२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिनमा शाहरुखको डेढ करोडको लुक्स, घडीको मूल्य मात्रै ७४ लाख !



अ+ अ-

एजेन्सी । बलिउडका ‘बादशाह’ शाहरुख खानले नोभेम्बर २ मा आफ्नो ५७ औं जन्मदिन मनाएका थिए । यस अवसरमा शाहरुख दुई पटक ‘मन्नत’को बालकनीबाट बाहिर आएका थिए । फ्यानका लागि त्यो दृश्य सपनाभन्दा कम थिएन ।

यसबाहेक, जन्मदिनको अवसरमा शाहरुखले आफ्ना वफादार फ्यानहरूका लागि फ्यान मिट राखे, उनले आफ्नो जन्मदिनको अवसरमा यस्तो समारोह आयोजना गर्दै आएका छन् ।

यस भेटमा शाहरुख एकदमै फरक अवतारमा पुगेका थिए । कार्यक्रममा शाहरुखले ज्याकेट, सेतो डेनिम र सेतो टी–शर्ट लगाएका थिए । हालै खबर आइरहेको छ कि किंग खानले यस फ्यान मीटमा ९७ लाख (भारु) को आउटफिट लगाएका छन् ।

नोभेम्बर २ मा भएको फ्यान मिटमा किङ खानले गिभेन्ची ब्रान्डको ज्याकेट लगाएका थिए जसको मूल्य करिब १ लाख ६३ हजार ५५५ रुपैयाँ रहेको थियो ।

अर्कोतर्फ, शाहरुखले अफ ह्वाइट ब्रान्डको जिन्स लगाएका थिए, जसको मूल्य लगभग ६५,१७१ रुपैयाँ थियो । एसआरकेले लुकसहितको आइवान ब्राण्डको सनग्लास भिरेका थिए जसको मूल्य ४५,०९० रुपैयाँ छ । किंग खानको यो लुकमा सबैभन्दा महँगो कुरा उनको रोलेक्स घडी थियो, यो घडीको मूल्य करिब ७४ लाख १८ हजार रुपैयाँ रहेको छ ।

यसबाहेक किङ खानसँग यसअघि ३ वटा ब्रेसलेट थिए जसमध्ये २ वटा कार्टियर ब्राण्डका थिए । एउटा ब्रेसलेटको मूल्य ६,२१,४२१ रुपैयाँ थियो भने अर्को ब्रेसलेटको मूल्य ६ लाख रुपैयाँ थियो । तेस्रो ब्रेसलेट लुइसभ्युटन ब्राण्डको थियो जसको मूल्य रु ७,५३,२३९ रहेको छ ।

जुत्ताको कुरा गर्दा, किङ खानले यस लुकका लागि गोल्डेन गुज ब्राण्डका स्नीकर्स लगाएका थिए, जसको मूल्य करिब ७९,५२३ रुपैयाँ छ । यी सबै कुराहरू सहित शाहरुखको यो लुक करिब ९७ लाखको लागतमा पूरा भएको हो ।