२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोङ्गबुबाट सालकको खपेटासहित दुई जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुसँग १० किलोग्राम पाँच सय ग्राम सालकको खपटा बरामद गरेको छ । यस्तै, विकले प्रयोग गर्ने बा५८प ८३३७ नंको मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नंको मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।