२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाको ओलीलाई जवाफ– भूमि फिर्ता लिन दार्चुलामा नभई भारतसँग बोल्न सक्नुपर्छ



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अतिक्रमित भूमि फिर्ता ल्याउन दार्चुलामा नभई भारतसँग बोल्न सक्नुपर्ने जवाफ दिनुभएको छ ।

दार्चुलामा बुधबार आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “ओलीजीले यहाँ आएर बोलेर हुँदैन । भारतसँग कुरा गर्नसक्नुपर्छ।”

सीमा समस्या समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै उहाँले भूमि फिर्ता लिनका लागि भारतसँग कुरा गर्न र सम्पूर्ण एक भएर वार्ता गर्नुपर्ने बताउनुभयो ।

उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसदले बहुमतले पारित गरेको बताउनुभयो ।