२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध दिए उच्चमा पुनरावेदन



कलाकार पल शाह
अ+ अ-

काठमाडौँ । हाल कारागारमा रहेका अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

नाबालिकामाथि यौन दुरुपयोग गरेको मुद्दा नवलपुर जिल्ला अदालतले अभिनेता शाहलाई दोषी ठहर गरेको थियो । उनले जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिनुपर्ने माग गर्दै पुनरावेदन दिएका हुन् ।

जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । उनीविरुद्ध सोही प्रकृतिको मुद्दा जिल्ला अदालत तनहुँमा विचाराधीन छ ।