२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई विशाल पार्टीको सहअध्यक्ष दिँदा पचेन: ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशाल पार्टीको सहअध्यक्ष दिँदा नपचेको टिप्पणी गरेका छन् । कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

 

उनले आफूले प्रतिगमन गर्‍यो भनेर गलत भ्रम फैलाएको र प्रतिगमनको विरुद्ध लड्नुपर्ने बताए । उनले भने, ‘माओवादी केन्द्र र हामी मिलेर साझा चुनावको घोषणापत्र ल्याएका थियौँ । माओवादी आफैँ सकिने बाटोमा थियो । त्यस पार्टीलाई औँलो समाउन दिएर हिँडाएर प्रत्यक्षमा ३६ सीट जिताएका थियौँ । प्रचण्डलाई मैले सहअध्यक्ष बनाएर विशाल पार्टीको नेता बनाए । देश बनाउने शक्ति निर्माण गर्न भनेर पार्टी मिलाएका थियौँ । पार्टीमा मलाई नै अल्पमतमा पर्नेगरी उनीहरूलाई विश्वास गरेँ । तर, धोका भयो ।’

प्रचण्ड सहमतिविपरीत गएर आफ्नो नेतृत्वको सरकार गठन गर्न नदिँन षड्यन्त्र गरेको ओलीको भनाइ थियो ।