२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि–२० विश्वकपको उपाधि इंग्ल्यान्डलाई



अ+ अ-

एजेन्सी । आईसीसी टी–२० पुरुष विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भर्खरै सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो ।

१३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, कप्तान जोस बटलरले १७ बलमा २६ रन जोड्दा ह्यारी ब्रुकले २३ बलमा २० रन जोडे । यस्तै मोइन अलीले १३ बलमा १९ रनको योगदान दिए ।

पाकिस्तानका लागि ह्यारीस राउफले २ विकेत लिँदा शाहिन अफ्रिदी, शबाब खान र मोहम्मद वशिमले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा ८ विकेटको क्षतिमा १३७ रन जोड्यो ।

पाकिस्तानका लागि सान माशुदले २८ बल ३८, कप्तान बाबर आजमले २८ बलमा ३२ रन जोड्दा मोहम्मद रिजवानले १४ बलमा १५ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

इंग्ल्यान्डका लागि साम करनले ३, आदिल राशिद र क्रिस जोर्डनले २–२ तथा बेन स्टोक्सले १ विकेट लिए । इंग्ल्यान्डको यो दोस्रो उपाधि हो । यसअघि २०१० मा पल कलिङवुड कप्तानीमा इंग्ल्यान्डले टी–२० विश्वकपको उपाधि जितेको थियो ।