२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनबारे कूटनैतिक नियोगका प्रतिनिधिलाई जानकारी गराउँदै आयोग



अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबारे निर्वाचन आयोगले नेपालस्थित कूटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई जानकारी गराउँदैछ ।

अहिले आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले अहिलेसम्म गरेका क्रियाकलापबारे जानकारी गराइरहेको हो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिले आसन्न निर्वाचनबारे जानकारी गराइरहनुभएको छ । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासँगै निर्वाचन आयुत्तहरु तथा नेपाल स्थित कूटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता छ ।