२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको पहिलो एक दिवसीय खेलमा युएईले नेपाललाई २६४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ७ विकेटको क्षतिमा २६३ रन बनायो । कीर्तिपुर खेल मैदानमा भएको खेलमा युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाए ।

यस्तै अन्य ब्याटरमा मुहम्मद वासिमले ४४, भृत्य अरविन्दले ४०, आलिशान सराफूले २९ र अहमद राजाले २७ रन बनाए । युएईको पहिलो विकेट १४.२ ओभरमा ७५ रनको स्कोरमा झरेको थियो । युएईका तीन खेलाडी रनआउट भएका थिए ।

बलिङतर्फ नेपालका गुलशन झाले ६ ओभरमा २६ रन दिई २ विकेट लिए । अन्य बलरतर्फ सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक÷एक विकेट लिए । आज बलिङतर्फ प्रमुख बलरहरु करण केसी र सोमपाल कामी महँगो साबित भए । केसीले १० ओभरमा ५९ र कामीले १० ओभरमा ६७ रन दिए ।

नेपालको बलिङ पनि खराब देखियो । अतिरिक्त २७ रन दिएको नेपालले वाइडमा मात्र १६ रन खर्चियो ।

आजको खेलबाट नेपालका तर्फबाट अर्जुन साउद र हरिशंकर साह तथा युएईका तर्फबाट आयान अफजल खान र हजरत बिलालले डेब्यु गरेका हुन् ।

नेपालले युएईसँग यहाँ तीन वटा एकदिवसीय खेल खेल्नेछ । दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।