२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन पुगेर ओलीले भने – दिनेश कोइरालालाई जिताउनुस्



अ+ अ-

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउन आग्रह गरेका छन् ।

आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको कोइरालालाई जिताउन आग्रह गरेका हुन् ।

ओलीले भने, ‘दिनेशजी लोकतान्त्रिक चरित्रको मान्छे हो । राजनीति बुझेको मान्छे हो । नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई अत्यधिक मतले जिताउँ ।’

कोइराला कांग्रेसका केन्द्रीय सदस्य थिए । उनले बागी उम्मेदवारी दिएपछि कांग्रेसले ५ वर्षका लागि उनलाई पार्टीबाट निष्कासन गरेको छ । यसअघि एमालेले चितवन ३ मा आफ्नो उम्मेदवारलाई पछि हटाउँदै कोइरालालाई सहयोग गर्ने बताएको थियो ।