१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली सुन धितो राखी बैंकबाट २४ लाख कर्जा लिने व्यक्ति पक्राउ



अ+ अ-

पोखरा । नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

विभिन्न मितिमा नक्कली सुनका गरगहना बैंकमा धितो राखेर ठग्दै आएका पर्वत कुश्मा नगरपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार सुनारले धितोमा राखेर कर्जा लिएको र लामो समयसम्म कर्जाको ब्याज तथा साँवा बुझाउन नआएका कारण शङ्का लागि जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको खुलासा भएको थियो ।

अनुसन्धानका क्रममा निजले धितोमा राखेका गरगहना नेपाल सुनचाँदी व्यवसायी सङ्घ कास्कीमा जाँचका लागि पठाइएको र कमसल सुन प्रयोग गरी बनाइएको गहना भन्ने पुष्टि भएपछि प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।

सुनारले पोखरा–१७ बिरौटास्थित रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र पोखरा–८ पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट रु २४ लाख पाँच हजार कर्जा लिएका थिए ।

सुनारलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले जानकारी दिए ।