२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले बानेश्वर प्लाजाको एउटै भवनबाट ४३ वटा बोर्ड हटायो



फाईल फोटो
अ+ अ-

काठमाडौ । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका अनधिकृत परिचय पाटी हटाउदै आएको छ । अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिनमा महानगरले २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ ।

महानगरले बानेश्वरमा रहेको बानेश्वर प्लाजाबाट दिनभर लागेर ४३ वटा बोर्ड हटाइएको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए ।

पुतलीसडकबाट ४३ वटा, महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाएको छ ।

महानगरले एकभन्दा बढी बोर्ड र ३० बर्गफुटभन्दा ठूलो आकारको बोर्ड हटाउदै आएको छ ।