२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा



अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ ।

सर्लाहीको हरिवन नगरपालिका– ११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध रु २५ लाख बिगो बराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरेको हो ।

विभागले झण्डै रु २५ लाख बिगो र सजाय हुने बिगो रु २५ लाख गरी झण्डै रु ५० लाखको असूलउपर गरी हदैसम्मको सजायको माग गरेको छ । यस्तै विभागले दर्ता गरेको आरोपपत्रमा उक्त कपडासहित ओसारपसारमा संलग्न सवारीसाधान पनि जफत गर्न माग गरेको छ । विश्वकर्माले सञ्चालन गर्र्दै आएको प्रदेश २–०३–००१ ख १९९७ नम्बरको ढुवानीको साधनमार्फत बिल नभएका ठूलो परिमाणका कपडा लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा बरामद भएकाले उनीहरुले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य रहेको जिकिर गरिएको छ । सोही ऐनको दफा ४ (क), (ख) र (झ) बमोजिम राजस्व चुहावटको कसूर गरेको पुष्टी हुन आएकाले ट्रकसहितको कपडा बरामद गरी मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।