३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्खास्त गर्नुपर्ने कारण नबताए सनसनी भिडियो ल्याउँछु– पूर्वमन्त्री खड्का



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको मन्त्री पदबाट बर्खास्त भएका कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे ‘सनसनी’ अडियो, भिडियो ल्याउने धम्की दिएका छन् ।

निवर्तमान भौतिक पूर्वाधारमन्त्री खड्काले आफूलाई बर्खास्त गर्नुको कारण नबताए निर्वाचन लगत्तै अडियो, भिडियो सार्वजनिक गर्ने धम्की दिएका हुन् । “निर्वाचन लगत्तै उहाँले चित्तबुझ्दो जवाफ दिनुभएन भने सनसनी अडियो, भिडियो ल्याउँछु ।”

मुख्यमन्त्री पोखरलले मंगलबार उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो । खड्काले आफू बर्खास्तमा पर्नुपर्ने कुनै कारण नभएको बताए । उनका अनुसार पछिल्लो समय मुख्यमन्त्री पोखरेलसँग आफ्नो सम्बन्ध चिसिएको थियो । उनले केही योजनाका कारण आफ्नो पद गएको हुनसक्ने अनुमान गरेका छन् ।

“माइतीघाट झोलुंगे पुल १०० करोड लगानीमा बनाउने योजनामा मैले विरोध गरेको थिएँ, मेरो बर्खास्तीको कारण त्यही पनि हुनसक्छ”, उनले भने ।