२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दि एक्सेल्सियर स्कुल र काठमाडौं विश्वविद्यालय बिच सम्झौता



अ+ अ-

काठमाडौँ । नयाँ पुस्ताका विद्यार्थीको समय सान्दर्भिक आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले स्वयम्भू काठमाडौँ स्थित दि एक्सेल्सियर स्कुल र काठमाडौँ विश्वविद्यालय बीच एक सम्झौता भएको छ ।

एक्काइसौँ शताब्दीको चुतौतीलाई आत्मसात् गरी एउटा सभ्य नागरिक उत्पादन गर्ने र व्यवहार कुशल समसामयिक र युगानुकुल सिप विकास गराउने मुख्य कारक शिक्षकवर्गको व्यवसायिक विकासका लागि तालिम सञ्चालन गराउने उद्देश्यले यी दुई शैक्षिक संस्थाबीच सम्झौता भएको हो ।

स्कुलका प्रधानाध्यापक प्रशान्त रजकका अनुसार विगत लामो समयदेखि शिक्षकको पेसागत मर्यादा र आवश्यकताक लागि विभिन्न तालिम सञ्चालन गर्न लागिएको हो ।

विद्यालयमै विषयगत दक्ष सुपरीवेक्षकद्वारा शिक्षकको सीप र दक्षतालाई नियमित अनुगमन गरी पृष्ठपोष्ण गर्दै गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको दि एक्सेल्सियर स्कुलले समयानुसार शैक्षिक परिवर्तन र शिक्षण सिकाइलाई अद्यावधिक गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गर्न लागेको प्रधानाध्यापक रजकले जानकारी दिनुभयो ।

सम्झौताअनुसार तीन वर्षसम्म विद्यालयको आवश्यकता, शिक्षक विकास र विद्यार्थीको गुणस्तरीयताका लागि मूलतः कक्षा व्यवस्थापन, योजना निर्माण, सिकाइ गतिविधि, सहजीकरणका उपायहरू सिकाइका पद्धति, शिक्षकको क्षमता विकास, विद्यार्थी मूल्याङ्कन लगायतका विषयमा तालिम सञ्चालन गरिनेछ ।

बुधबार दि एक्सेल्सियर स्कुलकी अध्यक्ष शीतल राणा र काठमाडौँ विश्वविद्यालय, शिक्षा संकायका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलका बिच र दि एक्सेल्सियर स्कुलका प्रधानाध्यापक प्रशान्त रजक र काठमाडौँ विश्वविद्यालयका स्टिम विभागका प्रमुख विनोद प्रसाद पन्तको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो ।