२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २५.५७ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा वृद्धि भएको छ ।

विहीवार नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंकले बढेको छ ।

विहीवार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा समेत सुधार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, लगानी , विकास बैंक, अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र सयपत्री हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर, फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य २।९७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।