२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाज पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको तेस्रो एक दिवसीय क्रिकेट खेलका क्रममा त्रिवि क्रिकेट मैदानबाटै केही सट्टेबाज पक्राउ परेका छन् ।

खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो विषयमा प्रहरीले अनुसन्धानसमेत गरिरहेको बताइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि तीन सेकेण्ड ढिलो हुँदा त्यसको फाइदा लिन मैदानमै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुनसक्छ ।

प्रहरीले पक्राउ पर्ने धेरै रहेको र उनीहरुको संलग्नताबारे अनुसन्धान गरेर निर्दोष देखिएकालाई छोडिने बताएको छ । प्रहरीले पक्राउ पर्नेको साथबाट मोबाइल फोन र नगद बरामद गरेको बताइएको छ । प्रहरीले पहिलो एक दिवसीय खेलबाटै उनीहरुमाथि शंका गरेको थियो ।