२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेश हमालले देखाए राजनीतिमा आउने संकेत



फाइल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेता राजेश हमालले लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान मतदान गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भविष्यमा राजनीतिमा आउने संकेत गरे ।

“यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्छ । त्यसपछि मलाई लाग्छ कि यसमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुनुहुन्छ । मेरो पनि त्यही नै हो”, उनले भने ।

राजनीतिमा आउन खोजेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सकारात्मक जवाफ दिँदै भने, “म आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु । मलाई लाग्छ कि अर्को पाँच वर्षपछि म नेपाली राजनीतिमा सायद आउँछु होला ।”