२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपको भव्य उद्घाटन, ३२ टोली बीच भिडन्त हुने



अ+ अ-

बहुप्रतिक्षीत फिफा विश्वकप सन् २०२२ आइतबारदेखि कतारमा शुरु भएको छ । कतारको अल खोरस्थित अल बायेट रंगशालामा एक भव्य समारोह बिच उदघाटन भएको छ ।

उद्घाटन समारोहमा आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक प्रस्तुत गरिनुका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति दिएका छन् । यहि रगशालामा घरेलु टोली कतार र इक्वेडर बिच खेल भएको छ ।

प्रत्येक चार वर्षमा एक पटक हुने यस फुटबल महामेलामा ३२ टोलीले उपाधिका लागि भिड्दै छन्।

प्रतियोगितामा आयोजक कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स, इङ्ल्यान्ड, इरान, अमेरिका, वेल्स, अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया, स्पेन, कोस्टारिका, जर्मनी, जापान, बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया, ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, क्यामरुन, पोर्चुगल, घाना, उरुग्वे, र दक्षिण कोरिया भिड्दै छन् ।
फाइनलमा क्रोएसियालाई हराएर २०१८ मा दोस्रो उपाधि जितेको फ्रान्स डिफेन्डिङ च्याम्पियन हो। यी टोलीहरूले विश्व(स्तरीय प्रतियोगिताको बिरूद्ध आफ्नो मुकुटको रक्षा गर्ने लक्ष्य राख्नेछन्।

अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीका लागि यो अन्तिम विश्वकप हुनेछ । उनी अहिलेसम्मकै उत्कृष्ट फुटबलरमध्ये एक मानिन्छन्। ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोले अन्तिम पटक खेल्ने सम्भावना पनि उत्तिकै छ ।

यो फूटबल विश्वकप पहिलो पटक मध्यपूर्वले कार्यक्रम आयोजना गरेको हो। कतारका ८ वटा रंगशालामा यस प्रतियोगिताका ६४ खेल आयोजना हुनेछन् ।