८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै



अ+ अ-

गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ ।

उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिश गरेको छ । आज बेलुकासम्म मतदेपटिका ल्याइने तयारी छ । क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, सहिदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका आइतबार राति नै सदरमुकाम ल्याइसकिएको छ ।

क्षेत्र नं १ का मतपेटिका सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा राखिएको छ । क्षेत्र नं १ को गणना त्यहीँ हुनेछ । क्षेत्र नं २ को मतपेटिका सङ्कलन भइसकेको छ । क्षेत्र नं २ को लक्ष्मी बजारस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने सो क्षेत्रका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।