३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली–१ र ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता



अ+ अ-

कैलाली । प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

कैलाली क्षेत्र नं १ मा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कैलाली–३ मा गङ्गाराम चौधरी अगाडि रहनुभएको छ । अध्यक्ष श्रेष्ठले ६ सय ९१ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले चार सय ११ मत ल्याउनुभएको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का तपेन्द्रबहादुर रावलले एक सय ८३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा हालसम्म पाँच हजार एक सय पाँच मतको परिणाम सार्वजिनक भएको छ । मतपरिणामअनुसार नागरिक उन्मुक्तिका गङ्गाराम चौधरीले एक हजार ६ सय एक मत पाउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरीले एक हजार तीन सय मत प्राप्त गर्नुभएको छ । कैलाली–३ मा राप्रपाका वीरेन्द्रबहादुर बम एक हजार ५० मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने एमालेका गौरीशङ्कर चौधरीले आठ सय मत प्राप्त गर्नुभएको छ ।

कैलाली क्षेत्र नं २ मा ५ बजेदेखि मतगणना केहीबेरमा सुरु भएको थियो । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ गठबन्धनबाट भगत बडुवाल, एमोलबाट झपट रावल र नागरिक उन्मुक्तिबाट अरुण चौधरी प्रतिस्पर्धामा छन् ।

कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा दुवैको मतगणना सुरु भएको छ । कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्र्फ सात सय २६ मतगणना सकिएको छ । यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर ९रूख० ले तीन सय ९४, लेखराज भट्ट ९सूर्य० ले दुई सय ६८ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रको प्रदेशसभा (१) तर्फ नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारीले चार सय ६५, एमालेका भीमबहादुर देउवाले एक सय ८१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रदेशसभा (२) तर्फ पनि मतगणना सुरु भएको स्थानीय पत्रकार लक्ष्मी जैसीले जानकारी दिनुभयो । कैलाली क्षेत्र नं ५ मा निर्वाचन अधिकृत बिरामी भएकाले अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । रासस