२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी पूर्व २ मा कांग्रेसको अग्रता कायमै



अ+ अ-

नवलपरासी । नवलपरासी पूर्वको निर्वाचन क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आज साँझ साढे ६ बजेसम्म सार्वजनिक भएको मतगणनाको परिणामअनुसार त्यहाँ प्रतिनिधिसभामा नेपाली विष्णुकुमार कार्कीको एक हजार आठ सय नौ, एमालेका तिलबहादुर महतले एक हजार पाँच सय ५१ मत पाएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले दुई सय ९१ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद शर्माले ४० मत ल्याएका छन् । हुप्सेकोट गाउँपालिका– ३ र ६ को मत गणना सकिएको छ ।

प्रदेश (क) मा एमालेको अग्रता

क्षेत्र २ प्रदेश १ मा एमालेकी पद्मा जिसी श्रेष्ठ दुई हजार चार सय ९७, नेकपा माओवादी केन्द्र सौगमकुमार श्रीपाली एक हजार ६ सय ९६ मत पाएका छन् ।

प्रदेशमा (ख) मा राप्रपाको अग्रता

त्यसैगरी प्रदेश (ख) मा राप्रपाका भोजबहादुर थापाले नौ सय २८, एमालेका लक्ष्मण पाण्डेले सात सय ३४, नेकपा समाजवादीका डा गोपाल खनालले तीन सय ७३ मत ल्याएका छन् । त्यहाँ ८५ हजार तीन सय ९९ मत खसेको हो ।

पूर्वी नवलपरासी क्षेत्र नं १ को मतगणना अहिले ७ बजेदेखि सुरु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । रासस




भर्खरै