२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ– ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल अगाडि



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले दुई हजार आठ सय ४८ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए ।

कूल आठ हजार ५९ मतगणना हुँदा दोस्रो मत नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले प्राप्त गरेका छन् । उनले एक हजार आठ सय ७७ र नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले एक हजार आठसय ४८ मत प्राप्त गरेको निर्वाचन अधिकृत खनालले बताए । उक्त मतगणना गर्दा तीन सय ३१ मत बदर भएको छ ।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ । काठमाडौँको बागबजारदेखि गोङ्गबु हुँदै झोरसम्म रहेको उक्त निर्वाचन क्षेत्रमा कूल ७५ मतदान केन्द्रमा मतदान भएको थियो ।

६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।