८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ १० मा कांग्रेसका केसी अघि



अ+ अ-

काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा हुनुहुन्छ ।

पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले चार हजार आठ सय एक मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीक प्रदीप विष्टले तीन हजार तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का हिमेस केसीले दुई हजार आठ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार अहिलेसम्म १६ हजार आठ सय १५ मत गणना सकिएको छ । ती मध्ये छ सय ९९ मत बदर भएको छ । निर्वाचनमा ५३ हजार छ सय ४५ मत खसेको थियो । उक्त क्षेत्रमा १८ दलका र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।