२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुर २ प्रदेशसभा १ मा माओवादीका मगर विजयी



अ+ अ-

कटारी । उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का नारायण बुर्जा मगर विजयी हुनुभएको छ ।

उहाँले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवराज राईले आठ हजार ७० मत प्राप्त गर्नुभयो । मगरले राईले ३५ मत अन्तरले पराजित गर्नुभयो । मगर २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

प्रदेशसभामा जम्मा १८ हजार छ सय ९९ मत खसेको थियो । यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापाले आठ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङले चार सय ३२ मत ल्याएर चौथो स्थानमा रहनुभयो । जनता समाजवादी पार्टीका घनश्याम कटुवालले तीन सय ६६ मत ल्याउनुभयो ।