२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पामा मतगणनाको तयारी



अ+ अ-

कर्णाली । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हेलिकप्टरबाट आज बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेपछि सर्वदलीय बैठक बस्न थालेको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले अत्यन्तै जाडो मौसम र भौगोलिकताका कारण मतपेटिका सङ्कलनमा तीन दिनको समय लागेकोले मतगणनाकार्य ढिला हुनगएको बताउनुभयो । उहाँका अनुसार ढिलोमा आज २ बजेदेखि मतगणना सुरु हुनेछ । डोल्पामा कूल २२ हजार सात सय ७४ मतदातामध्ये १७ हजार सात सय ९७ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।