२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोविताको संसदीय यात्रा



अ+ अ-

काठमाडौं । पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ ।

लामो राजनीतिक पृष्ठभूमि भएका आफ्ना ठूला कदका प्रतिस्पर्धीलाई पछि पारेर स्थायी घर दोखलाको जफे भई हाल भक्तपुर बस्ने २७ वर्षीया गौतम यस पटकको निर्वाचनबाट संसदीय यात्रामा प्रवेश गर्नु लाग्नुभएको हो ।

केही समयअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजधानी काठमाडौँकै निर्वाचन क्षेत्रबाट पहिलो प्रयासमा नै उहाँ प्रतिनिधिसभा सदस्य बन्नुभएको छ । गौतमले यो निर्वाचनमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ओनसरी घर्तीमगरलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गौतमले नागरिकको आधारभूत आवश्यकता पूरा गर्दै भ्रष्टाचार न्यूनीकरण गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । विजयपछि मतदातालाई धन्यवाद दिँदै उहाँले निर्वाचनका दौरानमा उठाएका जनताको मुद्दालाई सदनमा निरन्तर झकझक्याइरहने विश्वास व्यक्त गर्नुभयो ।रासस




भर्खरै