२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही ५(१) मा एमालेका भूमिश्वर ढकाल विजयी



अ+ अ-

रुपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेकपा (एमाले) का भूमिश्वर ढकाल निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाममा एमाले उम्मेदवार ढकाल १९ हजार ७८ मत प्राप्त गरी दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

अन्तिम मतपरिणाममा ढकालका निकटतम उम्मेदवार नेकपा ९माओवादी केन्द्र० का विनोद पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले जानकारी दिनुभयो । सो क्षेत्रमा दुई हजार एक सय १० मत बदर भएको छ ।

यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे अग्रस्थानमा हुनुहुन्छ । नेपाली काङ्ग्रेसका भरतकुमार शाह दोस्रो स्थानमा हुनुहुन्छ ।