२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै



अ+ अ-

लमजुङ । पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ ।

यसअघि ३०८ मतले मात्र अघि रहेकोमा पछिल्लो सार्वजनिक मत परिणामअनुसार एक हजार पाँच सय २० मतले उहाँ अघि रहनुभएको जिल्ला निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

कार्यालयका अनुसार आज साँझ साढे सात बजेसम्ममा ६१ हजार एक सय छ मत गणना गर्दा पृथ्वीसुब्बाले २६ हजार दुई सय २८ मत र नेकपा ९माओवादी केन्द्र० का महासचिव देवप्रसाद गुरुङले २४ हजार सात सय आठ मत प्राप्त गर्नुभएको छ ।

कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार चार सय ८४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । आइतबार दिउँसो पौने तीन बजेदेखि सुरु गरिएको मतगणनामा हालसम्म पृथ्वीसुब्बालाई देवप्रसादले भेटाउन सक्नुभएको छैन ।

जिल्लामा आठ पालिकामध्ये छ पालिकामा मग गणना सम्पन्न भइसकेको छ । यतिबेला मस्र्याङ्दी गाउँपालिका र बेँसीसहर नगरपालिकाको मत गणना भइरहेको छ ।