२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकप्टरबाट ल्याइने



अ+ अ-

कर्णाली । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकप्टर दुनै पुगेको छ ।

जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज बिहान हेलिकप्टर दुनै पुगेको हो ।

समुद्री सतहदेखि चार हजार १० मिटर उचाइ रहेको माथिल्लो डोल्पामा पर्ने शे(फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारी रोकिएको समाचार बुधबार राससबाट प्रकाशन भएसँगै उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्न लागिएको हो ।

मौसम सफा भए पनि हावा चलिरहेकोले हेलिकप्टर त्यहाँ जान नसकेर दुनैमा अवतरण गरिको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयो ।

“उच्च हिमाली क्षेत्रको हावाको गति कम हुने वित्तिकै होलिकप्टर कर्मचारी लिन जान्छ,” उहाँले भन्नुभयो, “एक पटकमा १८ जना ल्याउन सकिन्छ ।”

डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बुधबारदेखि आयोगसँग पहल गरेपनि ढिलो भएको र सम्भवतः आजै सबै कर्मचारी सदरमुकाम दुनै ल्याइने बताउनुभयो । माथिल्लो डोल्पामा दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चुनावमा खटिएका थिए ।