९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत आव भन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन



अ+ अ-

पर्सा । नेपाल कै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसंगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसंगै मुलुक भित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव उक्त कार्यालयको राजश्व सङ्कलनमा देखिएको हो ।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिना सम्ममा सङ्कलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा रु  ८८ अर्ब ५० करोड ४८ लाख राजश्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा  रु एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख  राजश्व सङ्कलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । योग गत आवको सङ्लित राजश्वको भन्दा रु ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।