२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालीका प्रमुख बालेन शाहको को काठमाडौका सासदलाइ अनुरोध सहकार्य गरेर अघि बढौं



फाईल फोटो
अ+ अ-

काठमाडोै महानगरपालीका प्रमुख बालेन शाहले महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन नब निर्वाचित सांसदहरुलाई आग्रह गर्नुभएको छ । सामाजिक संञ्जाल मार्फत शाहले लेख्नुभएको छ यसका लागि तपाईहरु सबैको साथ आवश्यक हुनेछ ।

तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ ।

उहाँले लेख्नुभएको छ

भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोशिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ ।

काठमाण्डौँ महानगरपालिका देशकै राजधानी हो । देशभरीका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयहरुमा काठमाण्डौँ महानगर जोडिनु पर्ने अवस्था हुन्छ । काठमाण्डौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ ।

काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ ।