२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीः राप्रपाका बोहराभन्दा गृह मन्त्री खाँण ४ सय ७३ मतले पछाडि



अ+ अ-

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता बनाइराखेको छ ।

गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई राप्रपाका दीपक बोहराले ४ सय ७३ मतले पछि पारेका हुन् ।

निर्वाचन आयोगका अनुसार राप्रपाका बोहराले २७ हजार ६ सय ३१ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका खाँणले २७ हजार १ सय ५८ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेलीले ४ हजार ८ सय ८६ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारुले ३ हजार २ सय ६९ मत पाएका छन् ।